रेमल’ चक्रवातको प्रभाव कायमै, दिउँसो ३ प्रदेशमा वर्षाको सम्भावना

रेमल’ चक्रवातको प्रभाव कायमै, दिउँसो ३ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू-भागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम आन्शिक बदली रहेको छ।

गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।