विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ। विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो।

विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ ।

अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।