अमेरिकाले भिसा दिने सम्भावना टरेपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

अमेरिकाले भिसा दिने सम्भावना टरेपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा सन्दीप लेख्छन्, ‘साँच्चै, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ।’

बलात्कार मुद्धामा उच्च अदातलते सन्दीपलाई सफाइ दिएपपछि उनको विश्वकप खेल्ने सपना पूरा  हुने भएको थियो। तर अमेरिकी दुतावासले उनलाई भिषा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपना अधुरै रहने देखिएको छ। 

दूतावासले सन्दीपलाई भिषा दिन अस्वीकार गरेपछि अहिले उच्च तहबाट नै उनलाई भिसा दिलाउन पहल भइरहेको छ। यद्यपी अमेरिकाले भिसा दिने सम्भावना नदेखेपछि सन्दीपले सोमबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।

विश्वकपका लागि सन्दीपलाई भिषा दिन पहल गर्नका लागि सोमबार मात्रै नेपाल क्रिकेट (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द सहित पदाधिकारी र सन्दीपले परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठसँग भेट गरेका थिए। सोमबार दुतावास बन्द रहेकाले मंगलबार आफुले पहल गर्ने मन्त्री श्रेष्ठले बताएका थिए।