सातदोबाटोमा ट्रकले ठक्कर दिँदा बाटो काटिरहेकी महिलाको मृत्यु

सातदोबाटोमा ट्रकले ठक्कर दिँदा बाटो काटिरहेकी महिलाको मृत्यु

काठमाडौँ । ललितपुरको सातदोबाटोमा ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार मध्यान्ह बाटो काट्ने क्रममा ना ८ छ ७५०६ नम्बरको ट्रकले एक महिलालाई ठक्कर दिएको थियो। 

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल बस्ने ४० वर्षीय अप्सरा दाहालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनी ललितपुरको बाँडेगाउँमा आफन्तकोमा जान लागेकी थिइन्। सोही क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो।

घटनापछि उनलाई पाटन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला प्रहरी परिसरका एपसी नरेशराज सुवेदीले  जानकारी दिए।  प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जनाएको छ।