विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ४३ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता

विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ४३ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायता

काठमाडौँ । चालू आर्थिक वर्षको फागुनसम्म विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ४३ करोड ५७ लाख रुपैयाँ आर्थिक सहायत प्रदान गरिएको छ।

आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०र०८१ को आर्थिक सर्वेक्षण अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६९४ जना कामदारको परिवारलाई प्रदान गरिएको हो।

‘नेपाली कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्तो कायक्रमबाट चालू आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ६९४ कामदारका परिवारलाई क्षतिपूर्तिबापत ४३ करोड ५७ लाख उपलब्ध गराइएको छ,’ सर्वेक्षणमा भनिएको छ।