३ करोड ८५ लाखको कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ

३ करोड ८५ लाखको कोकिनसहित विदेशी महिला ठमेलबाट पक्राउ

काठमाडौं । प्रहरीले कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी कंगोकी ४९ वर्षीया अपुला इकुसु म्बोङ्गोलाई पक्राउ गरेको हो ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए । जेठ ४ मा दुबईबाट काठमाडौँ ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो । 

ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।