श्रीमतीसँग विवाद हुँदा श्रीमान्‌ले  लगाए आफ्नै शरीरमा आगो

श्रीमतीसँग विवाद हुँदा श्रीमान्‌ले  लगाए आफ्नै शरीरमा आगो

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–७, स्थित तरकारी बजारमा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन् । 

श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–२७ का ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार श्रीमतीसँगको विवादका क्रममा उनले शरीरमा आगो लगाएका हुन् ।

उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको र शिर मेमोरियल अस्पतालले थप उपचारका लागि शनिबार राति करिब साढे १० बजे बोर्न अस्पताल कीर्तिपुर रिफर गरेको छ । प्रहरीले यादवकी श्रीमती उषादेवी यादवलाई नियन्त्रणमा लिएको छ । जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको वाग्मती प्रदेश कार्यालयले जनाएको छ ।