काठमाडौँका यी क्षेत्रमा हुनेछ विद्युत सेवा अवरुद्ध

काठमाडौँका यी क्षेत्रमा हुनेछ विद्युत सेवा अवरुद्ध

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ । 

यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजे सम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर  र मूलपानी फिडर विद्युतीय तार भूमिगत हुनेछ । 

पसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलङ्की क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र फिकल चोकदेखि बाबा चोकसम्म भिन्दाभिन्दै दिनमा विद्युत् आपूर्ति बन्द हुनेछ ।