अक्सिजनविनै सगरमाथा आरोहणमा गएका ४० वर्षीय नागरिकको मृत्यु

अक्सिजनविनै सगरमाथा आरोहणमा गएका ४० वर्षीय नागरिकको मृत्यु

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिकको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार  जेठ ९ गते राति साढे १० बजे ८ हजार ८३० मिटरमा केन्याका जोसु चेरुइयुत किरुई मृत फेला परेका हुन्।

उनीसँगै रहेका नेपाली माउन्टेन गाइड लिखु पिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा सम्पर्कविहीन छन्। उनले ५ गते आधारशिविरबाट आरोहण सुरु गरेका थिए। जेठ ९ गते चौथो शिविर हुँदै सगरमाथा चुचुरोतर्फ लागेका थिए। 

आरोही र गाइड चुचुरो नजिकै पुगे पनि आरोहण सम्पन्न गरेरनगरेको एकीन नभएको विभागले जनाएको छ। बुधबार दिउँसो २ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएकाले सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो। 

शेर्पाको अवस्था भने अज्ञात रहेको र खोज तथा उद्धार जारी रहेको विभागले जनाएको छ।