कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुुर्जी जारी गरेको छ । नागरिकता कीर्ते मुद्दामा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । 

प्रतिनिधिसभाको बैठकमा पनि कांग्रेस सांसद बद्री पाण्डेले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै कुनै पनि विषयमा कसैलाई पनि छानबिन गर्न सकिने तर रिसिईबी साँध्ने काम गर्न नहुने बताएका थिए । 

स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी भएको जनाउँदै पक्राउ गरिदिन केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरेको छ ।