चिनियाँसँग नक्कली विवाह र मानव बेचविखनमा संलग्न महिला पक्राउ

चिनियाँसँग नक्कली विवाह र मानव बेचविखनमा संलग्न महिला पक्राउ

काठमाडौं । विवाहको बहाना बनाएर चीन पुर्‍याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको खुल्न आएको जानकारी दिए। 

विवाह गरी चीनमा पु¥याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। पक्राउ परेकी महिलाले पाँच लाख लिएर बेचविखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले जानकारी दिए।  

काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

छुटाउनुभयो कि ?