सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सोमबार  पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

हिजो आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य हालसम्मकै उच्च हो। 

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।चाँदीको भाउ ३० रुपैयाँ प्रतितोलाका दरले बढेको छ। यस दिन चाँदी तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ५७० सय रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २० हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६ सय ६३ रुपैयाँ तोकेको छ।