कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको रोहिताको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकारको रोहिताको मृत्यु

काठमाडौं । जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् ।

शनिबार बिहान करिब ३ बजे प्रदेश २–५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल पछाडि सवार जयनाथ यादव गम्भीर घाइते छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।ठक्कर दिने कार र त्यसमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।