जनकपुर– जयनगर रेल्वे सेवा तीन दिन बन्द

जनकपुर– जयनगर रेल्वे सेवा तीन दिन बन्द

जनकपुर । भारतमा हुन गइरहेको लोकसभा निर्वाचनका कारण जनकपुर–जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने छ ।  नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भोलिदेखि जेठ ७ गते  सम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिए ।

भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा यही जेठ ७ गते हुने लोकसभा निर्वाचन हुँदै छ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सीमा जिल्ला समन्वय समितिले निर्णय गरेअनुसार ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रूपमा बन्द गरिन लागिएको झाले बताए ।

कार्यालयले एक सूचना जारी गर्दै भनेको छ ‘यही जेठ ५ गते शनिवार देखि ७ गते सोमबार सम्म ३  दिनको लागि भंगहा – जनकपुर – जयनगर खण्डमा सञ्चालित रेल्वे सेवा पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ । ८ गते मंगलबार देखि उक्त खण्डमा साविक बमोजिम नै नियमित रूपमा रेल सेवा सञ्चालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’