दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा  १४ जना घाइते, ९ को अवस्था गम्भीर

दोलखामा मलामी सवार गाडी दुर्घटना हुँदा  १४ जना घाइते, ९ को अवस्था गम्भीर

काठमाडौं । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिका–१ को भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र यादवले जानकारी दिए।

घाइतेको उद्धार गरेर थप उपचारका लागि चरिकोट अस्पताल पठाइएको मेलुङ गाउँपालिका(१ का वडाध्यक्ष ईश्वर कोइरालाले बताए। उनका अनुसार घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरू मलामी जाँदै गर्दा गाडी दुर्घटनामा परेको कोइरालाको भनाइ छ।