आजबाट तीन दिने जापनिज फुड फेस्टिभल हुँदै

आजबाट तीन दिने जापनिज फुड फेस्टिभल हुँदै

काठमाडौँ । जापानी खाना र पेय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ सुरु भएको छ।  र्‍याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते हुने उत्सव गर्न लागेको हो ।  

साँझ साढे ६ बजेदेखि राति साढे ९ बजेसम्म सञ्चालन हुने जापानी खाना, पेय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले बताए। 

आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ट अनुभव अवसर’ समेत भनेको छ। ‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरिको कामपछि मानिसहरू पेय र खानाका लागि जम्मा हुन्छन्।

सञ्चालक अधिकारीले जपानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पुर्‍याउन र जपानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए।

उत्सवमा खानाको परिकारअनुसार प्रति व्यक्ति ४ हजार ४ सय, २ हजार ७ सय र १ हजार ७ सयको गरी तीन प्रकारका मेनु राखिएको छ।