डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते

डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएकन छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–४ को ग्रामीण सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। 

निर्माणका कार्यका लागि नवदुर्गा पुगेका  धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय ट्याक्टर चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको उपचारका क्रममा डडेल्धुरा अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको  छ। 

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

जिल्लाको नवदुर्गा बेलापुर सडक निर्माण गरिरहेको रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति साढे १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा का सुचना अधिकारि कुसुम नायकले जनाए। ट्याक्टर सडकबाट २५० मिटर तलखसेको प्रहरीले बताएको छ। दुर्टनाको कारण भने खुल्न सकेको छैन।