सामान्य विवादमा कुटपिट गरी आफ्नै बुवाको हत्या

सामान्य विवादमा कुटपिट गरी आफ्नै बुवाको हत्या

सिरहाको गोलबजार नगरपालिका– १० डण्डाटोलमा घरायसी विवादका क्रममा कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको छ।

घरायसी विवादको क्रममा १८ वैशाखको राती करिब १० बजेतिर डण्डाटोलस्थित आफ्नै घरमा ५१ वर्षीय चन्दर यादवलाई उनका छोरा करिब २४ वर्षीय रञ्जन भनिने जितेन्द्र यादवले कुटपिट गरी गम्भिर घाइते बनाएपछि उपचारको क्रममा तीन दिनपछि २१ वैशाखको राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार आफ्नै बाबुलाई कुटपिट गरी गम्भिर घाइते बनाएको सूचना प्राप्त भएलगत्तै गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो। 

कुटपिटपछि उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएपछि प्रहरीले मृतकको शव कोशी प्रादेशिक अस्पतालमा पोष्टमार्टम गर्न पठाई छोराविरुद्ध जिल्ला अदालतबाट २० वैसाखदेखि लागू हुने गरी पहिलो पटक सात दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।