निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न इलाम र बझाङको उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ। बिहीबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा सदस्य तर्फ बझाङ १ को १ मा गत शनिबार सम्पन्न भएको उपनिर्वाचनमा क्रमशस् एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी विजयी भएका छन्। अब उनीहरूले कानुनबमोजिम शपथग्रहण गरेपछि सांसदको रूपमा काम गर्न पाउनेछन्।