घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

चितवनः चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।  गएराति पौने १२ बजे बजे  रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।

मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। 

घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  भण्डारीको भनाइ छ। 

मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको छ।