आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आजको मौसमः मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको  छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

शुक्रवार भन् लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।