आज तपाईंको दिन कस्तो छः  हेर्नुस् आजको राशिफल

आज तपाईंको दिन कस्तो छः  हेर्नुस् आजको राशिफल

मेषः कार्य क्षेत्रमा प्रगति हुनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

वृषः सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छन्। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। शुभारम्भको चर्चा पनि चल्नेछ।

मिथुनः लाभ–हानि, आय(व्यय, सुख(दुःख बराबरी खालको दिन छ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुन सक्छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

कर्कटः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पारिवारिक सद्‌भाव बढ्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ।

सिंहः दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।

कन्याः धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। यात्रा लाभदायक अनि सफल रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला। जोस, जाँगर र हिम्मत बढ्नेछ।

तुलाः शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। आफ्नो विचार विपरीत निर्णय हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। स्वास्थ्यमा खर्च  बढ्न सक्छ। साँझमा शुभ समाचार पाइनाले मन खुसी हुनेछ।

वृश्चिकः नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नाले नवीन काम सुरु गर्ने समय छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

धनुः सामूहिक तथा रमाइलो यात्रा हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। अचल सम्पत्ति हात पर्ने योग छ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ।

मकरः  भाग्यले विभिन्न अवसर जुराउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लगानीमा रहेको रकम फिर्ता आउन सक्छ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

कुम्भः  ठूलो उपलब्धि हात पार्न नसकिएला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा भने शुभ समाचार मिल्नेछ। प्रेमीप्रेमिकासँगको सम्बन्ध यथावत्‌ रहनेछ।

मीनः धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ। तीर्थाटनको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।