सेयर बजारमा सामान्य अंकले सुधार, २ अर्ब ९५ करोडको कारोबार

सेयर बजारमा सामान्य अंकले सुधार, २ अर्ब ९५ करोडको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १० अंकले बढेर बजार बन्द हुँदा भने नामले मात्र बढेको देखिएको छ । आज नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दु कायम भएको छ । आज करिब ३ अर्बको कारोबार भएको छ ।

बजार बन्द हुँदासम्म २ अर्ब ९५ करोड ९४ लाख ५८ हजार रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर ४६ हजार ५११ पटक किनबेच भएको छ । आज ३१७ कम्पनीको शेयर कारोबार हुँदा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ । १७ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । सेन्सेटिभ इन्डेक्स १.१४ अंकले, फ्लोट इन्डेक्स ०.१४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले बढेको छ ।

समूह अन्तरगतको परिसूचक भने धेरैजसो राताम्य भएको छ । १३ वटा समुहमध्ये ४ समूहको शेयर मूल्य बढेको छ भने अन्य सबै घटेको छ ।