नेपालीहरूलाई अब चीन जाँदा भिसा शुल्क नलाग्ने

नेपालीहरूलाई अब चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको गरिएको हो ।

चिनले नेपाली नागरिकबाट एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिनेछ । नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

नेपालले सन् २०१६ देखि चिनियाँ नागरिकलाई भिसा निःशुल्क गरेको थियो । भिसा निःशुल्क भएसँगै नेपालमा चिनियाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नेपाली नागरिकका लागि पनि चीनले भिसा निःशुल्क गर्नुपर्छ भनेर नेपालको तर्फबाट वर्षौँदेखि पहल भएको थियो ।

गत चैतमा चिन भ्रमण गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क चिनियाँ भिसा उपलब्ध गराउन आफूले आग्रह गरेको र त्यसमा चीन सकारात्मक रहेको जानकारी गराएका थिए ।