बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ४०० रुपैयाँ बढेको हो । 

आज छापावाल सुन तोलामा एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । यसदिन चाँदी तोलामा एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।