करिब डेढ किलो सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

करिब डेढ किलो सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

काठमाडौं । ठूलो परिमाणको अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ ।

पक्राउ पर्नेहरूमा दार्चुलाका वर्ष ४७ का गणेशदत्त बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूति, सोही स्थानका वर्ष १८ का प्रकाश विभूति र गणेशसतिस बाल्टे, झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल र दार्चुलाका वर्ष २१ का आयुष बडू रहेका छन् ।