कतारका राजाको सवारीले सार्वजनिक यातायात ठप्प, सर्वसाधारण मारमा

कतारका राजाको सवारीले सार्वजनिक यातायात ठप्प, सर्वसाधारण मारमा

कतारका (राजा)   अमिर शेख तमिम बिन हमाद अल थानीको सवारीका क्रममा सार्वजनिक यातायात आवागमन बन्द हुँदा सर्वसाधारण मारमा परेका छन्।

शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटवार्तापछि साँझ आयोजित भोजमा सहभागी हुन अल थानी होटेल सोल्टी जाँदै छन्। केही समय सार्वजनिक सवारीसाधन आवागमन रोक्दा सुन्धारा, जमल, रत्नपार्कलगायतका क्षेत्रमा यात्रु अलपत्र परेका छन्।