वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

वीरेन्द्रतालमा हिमपहिरो, बूढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ।  गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रतालमा हिमपहिरो खस्दा बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ । आज बिहान मनासलु बेसक्याम्पबाट तालमा ठूलो हिउँ पहिरो झरेका कारण तालको पानी बाहिर निस्किएर बूढीगण्डकीमा झरेको बताइएको छ ।

तालमा पहिरो खसेपछि त्यहाँबाट बाढी गएर बूढीगण्डकीमा मिसिएपछि गण्डकीमा पानीको बहाव दोब्बरले बढेको स्थानीयले बताएका छन् । हिमपहिरोले सामागाउँबाट साम्दो जाने बाटोको काठे पुल बगाएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बूढीगण्डकीमा पानीको बहाव उच्च भएकाले नदी छेउ किनारका बासिन्दालाई सतर्क रहन सूचित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालमा ठूलो पहिरो खस्दा पानी बाहिर आएको बताए । उनले क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिए ।