माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु

माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर –६, खैरेनीका १४ वर्षीय युवाराजदिन मियाको बडिगाड खोलामा बल्छीको प्रयोग गरेर माछा मार्ने क्रममा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले जानकारी दिए।

मिया शुक्रबार दिउँसो बल्छी लिएर माछा मार्न बडिगाड खोलामा गएका थिए। तर उनी साँझ सम्म घर नफर्किएपछि परिवार,स्थानीय र प्रहरीले खोजतलास गर्दा खोलाको किनारमा उनको तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

बालक हराएको खबर प्राप्त भएलगत्तै बडिगाड खोलामा प्रहरी टोली पुगेको थियो। शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याउने काम र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।