सुनको भाउ बढ्यो , तोलाको कति ?

काठमाडौं : हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार ७५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।