जिप दुर्घटना २ जनाको मृत्यु, आमाछोराको अवस्था गम्भीर

जिप दुर्घटना २ जनाको मृत्यु, आमाछोराको अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका अर्घाखाँचीको भूमिकास्थान-२ कि ३४ वर्षीया देवा बेलबासे र सन्धिखर्क नगरपालिका-८ कि ४२ वर्षीया देमकला आचार्यको मृत्यु भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रतीत सिंह राठौरले जानकारी दिए।

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याएको र त्यहाँ डाक्टरले मृत घोषणा गरेको डिएसपी राठौरले जानकारी दिए। जिपमा सवार पालिनी गाउँपालिका(१ कि २६ वर्षीया कोपिला पोखरेल र उनकी ३ महिनाका छोरा गम्भीर घाइते छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी राठौरले बताए।

शनिबार बिहान साढे ६ बजे भूमिकास्थान नगरपालिका(९ ढाँकाबाङमा लु १ ज १६६९ नम्बरको जिप भीरबाट झन्डै डेढ सय मिटर तल खसेको थियो।

ओरालो बाटोमा गाडी न्युट्रलमा राखेर चालक पसल गएका थिए। ओरालो बाटो भएकाले गाडी आफैं गुडेर भीरबाट खसेको प्रहरीले जनाएको छ।

 चालक जिल्लाको भूमिकास्थान नगरपालिका –  ८ का ३४ बर्षीय बसन्त खनाललाई नियन्त्रणमा लिइएको डिएसपी राठौरले जानकारी दिए।