सन्दीपबाट पीडित युवतीले साइबर ब्यूरोमा दिइन् पहिचान खुलाउनेविरुद्ध जाहेरी

सन्दीपबाट पीडित युवतीले साइबर ब्यूरोमा दिइन् पहिचान खुलाउनेविरुद्ध जाहेरी

काठमाडौं । गौशाला २६ ले आफ्नो पहिचान खुलाउनेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएकी छन । गौशाला २६ ले आफुविरुद्ध वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर र कम्प्युटर सम्बन्धी कसुर भएको भन्दै साइबर ब्यूरोमा जाहेरी दिएकी हुन ।

गौशालाले ब्यूरोमा जाहेरी दिएको बताउँदै एसपी पशुपतिकुमार रायले पहिचान खुलाउने व्यक्तिहरूको खोजीका लागि अनुसन्धान भइरहेको बताए ।

२०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दीप लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । लामो समय काठमाडौं जिल्ला अदालतमा चलेको सो मुद्दामा न्यायाधीश शिशिर ढकालको इजलासले फैसला गर्दै लामिछानेलाई दोषी ठहर गरेको थियो ।

अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय, ३ लाख जरिवाना र २ लाख पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

प्रतिकारात्मक तस्बीर