सन्दीपबाट पीडित युवतीको फोटो सार्वजनिक गरेको आरोपमा रास्वपाद्वारा एक जनालाई कारबाही

सन्दीपबाट पीडित युवतीको फोटो सार्वजनिक गरेको आरोपमा रास्वपाद्वारा एक जनालाई कारबाही

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।   

सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ । 

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो । 
सांकेतिक तस्बिर