काठमाडौं । सन् २०२४ मा विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ । हेन्ले पासपोर्ट इन्डेक्सले शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको हो । फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेनको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको छ ।
पहिलो स्थानमा परेका यी देशका नागरिकलाई १९७ देशमा भिसा फ्री वा भिसा अन अराइभलको सुविधा छ । दोस्रो शक्तिशाली पासपोर्टमा फिनल्याण्ड, साउथ कोरिया र स्विडेन परेको छ । यी देशलाई १९३ देशमा भिसा अनअराइभलको सुविधा छ । तेस्रो स्थानमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड परेको छ ।
विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औं स्थानमा परेको छ । नेपालका नागरिकलाई ४० देशमा भिसा अनअराभइलको सुविधा रहेको छ । नेपालसँगै लिबिया र प्यालेस्टाइनको पासपोर्ट ९८ औ सूचीमा छ ।
छिमेकी मुलुक भारतको पासपोर्ट ८० औं स्थानमा छ भने चीनको ६२ औ स्थानमा छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी गरिएको हो ।