बसको ठक्करबाट विद्यार्थीको घटनास्थलमै मृत्यु, गाडीमा तोडफोड

बसको ठक्करबाट विद्यार्थीको घटनास्थलमै मृत्यु, गाडीमा तोडफोड

रुपन्देही । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट द्रधरास विद्यालयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका-१७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा विद्यालय अगाडि नै बसले ठक्कर दिएको थियो ।

अहिले घोराही तुलसीपर सडक खण्ड अवरुद्ध भएको छ । विद्यार्थी र अभिभावकहरुले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । प्रहरीको भ्यानमा समेत क्षति पुगेको बताइएको छ ।