बारामा बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, २७ जना घाइते

बारामा बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । घटनामा २७ जना घाइते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । 

उनीहरूको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।