चितवनमा ३८० किलो गाँजा बरामद, दुई जना पक्राउ

चितवनमा ३८० किलो गाँजा बरामद, दुई जना पक्राउ

काठमाडौं । चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–१ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।

पक्राउ पर्ने दुई जना चालक र सहचालक हुन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।