नेविसंघको प्रश्न – कांग्रेस सरकारमा रहँदा कुशासन किन ?

नेविसंघको प्रश्न – कांग्रेस सरकारमा रहँदा कुशासन किन ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेको छ । एकपछि अर्को भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेविसंघले आज बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

पछिल्लो समय एनसेल प्रकरण बाहिर आएको र त्यसको छानबिन समिति औपचारिकतामा सीमित भएको बताउँदै नेविसंघले खबरदारी गरेको छ ।  नेविसंघले कांग्रेस सरकारमै भएका बेला भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै नेतृत्वमाथि प्रश्न समेत गरेको छ ।

विद्यार्थीहरूले ‘कांग्रेस सरकारमा रहँदा कुशासन किन ?’ भन्दै प्रश्न गरेका छन् ।