बारामा गोली चल्यो, एकको मृत्यु, १० प्रहरी घाइते

बारामा गोली चल्यो, एकको मृत्यु, १० प्रहरी घाइते

काठमाडौँ । बारामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजीर गराउने विषयमा भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ। 

प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक जनाको मृत्यु भएको पुष्टि गर्दै उनको पहिचान भने खुलिनसकेको जानकारी दिए।

बाराको सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विपक्षी समूह तथा अनसनमा बसेका व्यक्तिहरुले एक्कासी ढुङ्गा मुढाका साथै नगरपालिकाको गाडी तथा भवनमा तोडफोड गरेपछि प्रहरी टोली परिचालन गरिएको थियो। 

सो क्रममा प्रहरीमाथि नै आक्रमण हुन थालेपछि स्थिति नियन्त्रणमा लिन  सुरक्षाकर्मीले अश्रु ग्यास तथा हवाई फायरसमेत गरेका कडायतले बताए। सोही क्रममा घाइते भएका एकको मृत्यु भएको जनाइएको छ। स्थिति नियन्त्रणमा लिन खटिएका १० जना प्रहरी तथा केही सशस्त्र प्रहरी पनि घाइते भएका जनाइएको छ।