सत्ता गठबन्धनको बैठक सम्पन्न, के भयो सहमति ?

सत्ता गठबन्धनको बैठक सम्पन्न, के भयो सहमति ?

काठमाडौं । सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ । सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।

त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । 

बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको थियो । ‘फेरि छलफलमा बसेर प्रदेशलाई अधिकार दिने विषयमा सहमति जुटेको छ’ एक नेताले भने ।