गरिब परिवारका युवतीलाई यसरी पुर्याइन्छ भारत, एक पटकमा ६–७ जनाको सेवा गर्न बाध्य

गरिब परिवारका युवतीलाई यसरी पुर्याइन्छ भारत, एक पटकमा ६–७ जनाको सेवा गर्न बाध्य

भारतको गोवामा अन्तर्राष्ट्रिय मानव तस्करीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेसँगै मानव तस्करीमा नेपालको बाटो प्रयोग हुने गरेको दाबी गरिएको छ।

दिल्ली प्रहरीले पक्राउ गरेका व्यक्तिहरूले केन्द्रीय एशियाका गरिब परिवारका महिलाहरूलाई जागिरको प्रलोभन देखाएर नेपाल हुँदै भारत पुर्‍याउने गरेको बताइएको छ। यसरी भारत पुर्‍याइएका महिलाहरूलाई उनीहररूले यौन कार्यमा लगाउँथे।

तस्करहरूको पक्षका वकिलहरूले यी आरोप अस्वीकार गरे पनि पीडितहरूसँग अन्तर्राष्ट्रिय सञ्चार माध्उमले कुराकानी गरेका थिए ।

ती महिलाहरूले आफूहरूलाई जबरजस्ती यौन कार्यमा लगाइएको दाबी गरेका छन्। उनीहरूले आफूहरूलाई धेरै ग्राहककहाँ पठाइएको तर कहिल्यै पनि त्यसबापत पैसा नपाएको पनि बताएका छन्। एकै पटकमा ६, ७ जनालाई सेवा गर्न बाध्य बनाएको उनीहरुको आरोप थियो । 

उद्धार गरिएका ती महिलाहरूआफ्नो घर फर्कन चाहन्छन् तर भारतमा कानुनी प्रक्रियामा अल्झिएका छन्।