ऐन महरसँग जोडिएको अडियो प्रकरणलाई लिएर रश्मिलाले दिइन् साइबर ब्यूरोमा उजुरी

ऐन महरसँग जोडिएको अडियो प्रकरणलाई लिएर रश्मिलाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । अहिले एमालेका नेता तथा केन्द्रीय सदस्य ऐन महर जोडिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रश्मिला धामी भनिएकी महिला र महरको बीचमा भएको भनिएको उक्त अन्तरंग सम्वाद सामाजिक सञ्जालमार्फत बाहिर आएको हो ।

आफूसँग सबन्धमा रहेको भनिएकी ती महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ । सार्वजनिक अडियोमा महरले अडियोमा ती महिलासँग सम्बन्ध रहेको तर आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न अनुरोध गरेका छन् ।

महिलाले दुई जनाको बीचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न महरले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन् । बझाङबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका महरले भने उक्त अडियो फेक भएको भन्दै मिडियामा आफ्नो धारणा राखेका थिए ।

यस विषयमा रश्मिला धामीले पनि उक्त अडियो झुटो भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुुरी दिएकी छिन् । उनले आफ्नो आवाजलाई कृत्रिम रुपमा सम्पादन गरेर उक्त अडियोद्वारा आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छिन् । उनले उक्त कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न आग्रह गर्दै ब्यूरोमा निवेदन दिएकी हुन् ।