सरकारले स्वीकार गर्‍यो रामबहादुर र सुरेन्द्रको बिहे

सरकारले स्वीकार गर्‍यो रामबहादुर र सुरेन्द्रको बिहे

लमजुङ । लमजुङका रामबहादुर (माया) गुरूङले नवलपरासीका सुरेन्द्र पाण्डेको विवाह दर्ता भएको छ। यौनिक तथा अल्पसंख्यक जोडीको विवाह दर्ता गरेको भएको यो पहिलो पटक हो।

लमजुङको दोर्दी गाउँपालिकाले बुधबार उनीहरूको विवाह दर्ता गरेको हो। आजसम्म समलिंगी विवाहको कानुन नभएको भन्दै उनीहरूको विवाह गर्न राज्यका निकायहरूले अस्वीकार गर्दै आएका थिए। उनीहरूले विवाह गरेको ७ वर्षपछि स्थानीय सरकारले विवाह दर्ता गर्न स्वीकार गरेको हो। 

उक्त गाउँपालिकाले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार विवाह दर्ता गरिदिएको जनाएको छ। ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको,’ गाउँपालिकाले दिएको विवाह प्रमाणपत्रमा लेखिएको छ।