स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, पदाधिकारीमा को को आए ?

स्वर्णिम वाग्ले बने रास्वपा उपसभापति, पदाधिकारीमा को को आए ?

काठमाडौं । रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् ।

महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह(कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ ।

यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
पार्टीका थप केन्द्रीय सदस्यमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी छन् ।