रास्वपाले सुरु गर्‍यो ‘मधेसमा नास्ता’ अभियान

रास्वपाले सुरु गर्‍यो ‘मधेसमा नास्ता’ अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘मधेसमा नास्ता’ अभियान थालेको छ । मंगलबार बिहान महोत्तरीका विभिन्न पालिकामा रास्वपाले सात वटा समूह बनाएर उक्त अभियानको सुरुवात गरेको हो ।

रास्वपाका उपाध्यक्ष डीपी अर्यालले ‘मधेसमा नास्ता’ अभियानमार्फत  बस्ती–बस्तीमा गएर पार्टीले नागरिकको कुरा सुनिरहेको जानकारी दिए । उनले भने, ‘हामीले नागरिकका कुरा सुन्दै चिया नास्ता पनि उहाँहरूसँग बसेर खाने कार्यक्रम बिहान गरियो ।’ 

मङ्सिर आठ गतेदेखि रास्वपा मधेसमा केन्द्रित भएको छ । रास्वपाले मङ्सिर ८ देखि १० सम्म मधेस यात्रा गरेको थियो ।  मङ्सिर ११ गतेदेखि पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा जारी छ ।