इजलायलमा युद्धविरामको अवधि सकिँदै, तेस्रो लटमा पनि मुक्त भएनन् विपिन जोशी

इजलायलमा युद्धविरामको अवधि सकिँदै, तेस्रो लटमा पनि मुक्त भएनन् विपिन जोशी

काठमाडौं । इजराइल–हमासको चार दिने युद्धविरामको अवधि मन्तिम चरणमा पुगेको छ । युद्धविराम लम्व्याउनेबारे वार्ताहरु भइरहे पनि सहमति जुट्न सकेको छैन । 

युघविरामको अवधिमा हमासले सोमवारसम्म इजराइलबाट बन्धक बनाइएका ५८ जनालाई मुक्त गरिसकेको छ । तर यतिन्जेलसम्म पनि नेपाली युवा विपिन जोशी मुक्त भएका छैनन् । तेस्रो लटमा भएको बन्दि मुक्त सूचीमा पनि विपिन नपरेपछि उनको अवस्थालाई लिएर अनेकन आशंका गरिएको छ । 

यसबिचमा हमासले ४० जना महिला र बालबालिका मुक्त गरेको छ । इजिप्ट र हमाससँग भएको छुट्टै सहमतिअनुसार हमासले १७ थाई र एक फिलिपिनो नागरिक पनि बन्धकमुक्त गरेको छ ।

युद्धविराम भए पहिलो दिन शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ र दोस्रो दिन हमासले थप १७ जनालाई मुक्त गरेको थियो । हमासले तेस्रो लठमा आइतवारमात्रै १७ जना रिहाई गरेको थियो । इजरेलले पनि प्यालेस्टिनी बन्धकहरुलाई रिहा गरेको छ ।

इजरेल र हमासले चार दिनका लागि युद्ध विराम गर्ने सहमती अनुसार भएको थियो । सहमतिमा दुवैतर्फबाट बन्धक बनाइएकाहरुको मुक्त गर्ने सहमति गरेका थिए ।

हमासले बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी भने हालसम्म अज्ञात छन् । हमासले बन्धक बनाएकाहरुको आइतबारसम्म गरी तेस्रो पटकमा रिहाई गर्दा पनि विपिनको अवस्थाबारे भने हालसम्म कुनै पनि कुरा बाहिर आउन सकेको छैन ।

गाजास्थित अलशिफा अस्पतालमा रहेको एउटा भिडियोमा नेपाली पनि रहेको सूचना सार्वजनिक भएको थियो । त्यसमा देखिएका व्यक्ति नेपाली नागरिक नै भएको इजरेली सेनाले दाबी गरेको थियो ।

हमासले बन्धक बनाइएकाहरुलाई मुक्ति गरिरहँदा आइतवार विपिन पनि बन्धकमुक्त हुन सक्ने अपेक्षा थियो । तर आइतवार पनि उनी रिहा भएनन् । परराष्ट्र मन्त्रालयले विपिनको रिहाईबारे अहिलेसम्म कुनै कुरा पनि बाहिर नआएको बताउँछ ।