चितवनमा बोरामा मृत भेटिएका महिला र पुरुषको अझै भएन सनाखत

चितवनमा बोरामा मृत भेटिएका महिला र पुरुषको अझै भएन सनाखत

काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शव अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा मंसिर ६ मा महिला र पुरुषको शव भेटिएको थियो । 

शव पहिचानका लागी जिल्ला प्रहरी कार्यालय चितवनले सामाजिक सञ्जाल ‘फेसवुक’ मार्फत हुलिया सार्वजनिक गरेको छ । तर, शव फेला परेको ४ दिन हुँदा पनि प्रहरीले मृतकहरुको सनाखत गराउन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले दुवै शवको सनाखत नभएको  बताए । उनले भने–‘शवको सनाखत हुन सकेको छैन ।’ 

हत्यापछि  बोरामा प्याक गरेर शव फालेको हुनसक्ने आशंका गरिएको छ । तर, शव पहिचान भएपछि मात्र थप अनुसन्धान अघि बढ्ने अनुसन्धान अधिकृतहरुको भनाई छ ।