आज वि.सं.२०८० मंसिर ६ गते बुधवारको राशिफल

आज वि.सं.२०८० मंसिर ६ गते बुधवारको राशिफल

आजको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज शुभ यात्राको योग छ । नयाँ कमको थालनी हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
गरेको काममा सफलता हात पर्ने सम्भावना छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफन्तको सहानुभूति मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्तसँग भेटघाट पनि रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेको छ । स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शुभ कार्यको लागि यात्रा हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल