रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

बुटवल । काठमाडौँबाट दाङ जादैं गरेको  यात्रुवाहक बस गएराति  रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा  २० जना घाइते भएका छन् । घाइते भएकाहरू  मध्ये  धेरै जसो अहिले डिस्चार्ज भए पनि गम्भीर घाइते भएका  दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका डिएसपी होम थापाले  २ जनालाई  भैरहवा रिफर गरिएको र अन्य बिहानबाट क्रमिक रूपमा अस्पतालले डिस्चार्ज गर्दे गरेको बताए । उनले गम्भीर घाइते दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरी,  र सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीय रिखि साहुलाई भैरहवा रिफर गरेको रातोपाटीलाई बताए ।  

बा प्र ०३–००१ नम्बरको बस गए राति  १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको  थिए । घाइतेहरू मध्ये  २ जना गम्भीर , ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।