जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर ज्यान गुमाएका व्यक्तिको पहिचान

जनकपुर रेल्वे लिकमा ट्रेनले किचिएर ज्यान गुमाएका व्यक्तिको पहिचान

काठमाडौं ।  जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर मृत्यु भएका वृद्धको परिचय खुलेको छ ।

प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन् । उनी भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ ।

धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको थियो ।